अनुसूची
नियम १५ सँग सम्बन्धित)

शपथ ग्रहण
म………………………………………………………. सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्दछु/ईश्वरको नाममा शपथ
लिन्छु कि ट्रष्ट सञ्चालक समितिको सदस्यको हैसियतले मलाई तोकिएको जिम्मेवारी मेरो ज्ञान विवेकले जाने
बुझेसम्म इमान÷धर्म तथा कर्तव्य सम्झी देश र सरकारप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ
लालच, मरमोलाहिजा नगरी नेपाल ट्रष्ट ऐन, २०६४ तथा नेपाल ट्रष्ट नियमावली, २०६५ र प्रचलित कानूनी
व्यवस्थाको अधीनमा रही पालना गर्नेछु । मलाई ज्ञात भएको वा कामका सिलसिलामा जानकारी भएको गोप्य
कुरा कानून बमोजिम बाहेक कसैलाई म समितिमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा
अप्रत्यक्ष रुपमा भन्ने वा सङ्केत गर्ने छैन ।
शपथ ग्रहण गर्ने सदस्यको,– शपथ ग्रहण गराउने अधिकारीको,–
नामः ……………………………………… नामः…………………………………..
दस्तखतः…………………………………… दस्तखतः………………………………
मितिः …………………………………….. मितिः………………………………….